नवौं राष्ट्रिय खेलकुद : १०० मिटर दौंडको स्वर्ण शिवराजलाई

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २९ १३:५५ बजे
नवौं राष्ट्रिय खेलकुद

 काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १०० मिटर दौडमा एपीएफका शिवराज पार्कीले स्वर्ण पदक हात  सफल भएका छन् ।  

१०.५५ सेकेण्डको समय  १०० मिटर दौडदै उनले जित हात पारेका हुन् । आर्मीका युवराज विकले १०.५८ सेकेण्डमा दुरी पूरा गरेर रजत पदक जिते ।आर्मीकै डिल्ली भण्डारीले १०.७० सेकेण्डको समयसहित कास्य पदक हात पारेका छन् ।

गत असारमा भएको राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिमा ३ स्वर्ण र १ रजत जितेर शिवराज प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए ।


२०७९ असोज २९ १३:५५ बजे

प्रतिक्रिया