घटना हेर्दा सन्दीपले करणी गरेकै देखिन्छ, कानूनले छोडे अनशन बस्छु : सावित्री सुवेदी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २९ ११:४१ बजे
सावित्री सुवेदी

काठमाडौं । जय नारी भनेर पहिचान बनाएकी सावित्री सुवेदीको बेलाबेलामा चर्चा हुने गरको छ । अहिले फेरि क्रिकेटर सन्दीप लामिछाने प्रकरणमा उनले निकै गाली खाइरहेकी छन् । 

करणीको अभियोगमा अहिले सन्दीप प्रहरी हिरासतमा छन् । जय नारीले उनले करणी गरेको ठोकुवा गरेकी छिन् । यता प्रहरीले भने अनुसन्धान गरिरहेको छ । सुवेदीले यदि बाह्य दबावका आधारमा न्यायाधीशले उनलाई सफाइ दिने फैसला गरे आफू अनशन बस्ने घोषणा समेत गरेकी छिन् ।

अहिले पीडित भनिएकी किशोरीलाई बाहिर निस्किन दिइएको छैन । उनलाई कलेज जान पनि अनुमति दिइएको छैन । माइती नेपालभित्रै शिक्षकको प्रबन्ध गरेर पठनपाठन गराइएको  छ ।

 माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् ।उनलाई आफ्नै बाबुलाई भेट्न र कुराकानी गर्न समेत प्रहरी अगाडि राखेर मात्र दिइएको छ । प्रहरी एकसाथ बसेपछि मात्र बाबुलाई आफ्नी छोरी भेट्न दिइएको थियो । 

२०७९ असोज २९ ११:४१ बजे

प्रतिक्रिया