रोजगारीका लागि दुवईपुगेकी मनकुमारी विमानस्थलमा अचानक पुरुष भएपछि...

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २९ ०९:५८ बजे
मनकुमारी

काठमाडौं । नवलपुरमा महिला रहेकी मनकुमारी विदेश जान भनेर दुवई पुगेपछि उनी अचानक पुरुष बनिन् । उनी वैदेशिक रोजगारीका लागि भिजिट भिषामा दुवई जाने तयारी गरिन् । आफ्ना दाजुभाईको सहयोगमा उनी दुवई जान भनेर नेपालबाट गइन् । उनी दुवई पनि पुगिन् तर दुवईको विमानस्थलमा पुगेपछि भने उनी झसंग भइन् ।

उनले दुई वर्ष अघि नै पासपोर्ट बनाएकी थिइन् ।  मेनपावरले सोही पासपोर्टका आधारमा उनको भिषा लगाइदिएको थियो ।जिल्ला प्रशासन कार्यालयले पासपोर्ट बनाउँदा उनलाई पुरुष भनेर लेखिदिएको कसैले पनि थाहा पाएनन् । उनको पासपोर्टमा राखिएको फोटो हेर्दा पनि पुरुषको जस्तै देखिन्छ । नेपालको विमानस्थलवाट जाँदा त्यहाँका कर्मचारीले उनलाई महिला हो वा पुरुष भनेर हेरिदिएनन् । 

दुवईवाट फर्काइएपछि उनलाई विमानस्थलले फाइन तिरायो । भाईहरुको सहयोगमा उनको भिषा लगाइएको थियो ।भिजिट भिषामा जाँदा पनि उनले एक लाख ५० हजार रुपैया तिरेकी थिइन् । अहिले उनको पासपोर्ट विमास्थलमै  राखिएको छ । 

त्यो पासपोर्ट ल्याउन एक लाख ६५ हजार रुपैया चाहिन्छ भनेपछि उनले त्यो पैसा तिर्न सकेकी छैनन् । उनले आफै पनि ८ कक्षा पढेकी छन् उनले पनि दुई वर्ष सम्म पासपोर्ट हेरिनन् ।

२०७९ असोज २९ ०९:५८ बजे

प्रतिक्रिया