गएराति ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २९ ०९:४१ बजे
मोटरसाइकल दुर्घटना

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना परी एक जनाको ज्यान गएको छ । बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाही मोहनबाबु खत्रीको  ज्यान गएको हो । 

 प्रहरीका अनुसार ललितपुरको इमाडोलदेखि लुबुतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएको हो ।२६ वर्षका खत्रीको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।  

२०७९ असोज २९ ०९:४१ बजे

प्रतिक्रिया