खोटाङमा अरिङ्गालले चिल्दा एक जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २९ ०९:३२ बजे
अरिङ्गालले चिल्दा

काठमाडौं । अरिङ्गालले चिल्दा खोटाङमा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा रहेको बानाचुङका २६ वर्षीय विनोद परियारको अरिङ्गालले चिलेर ज्यान गएको हो । हिजो बाटोमा हिँडिरहेको बेला गोलाबाट निस्केको अरिङ्गालले चिल्दा परियारको घटनास्थलमै ज्यान गएको हो । 

मृतक परियारसँगै हिँड्दै गरेका त्यही ठाउँका २५ वर्षीया शर्मीला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जनाए । 

२०७९ असोज २९ ०९:३२ बजे

प्रतिक्रिया