बालेनले फुटपाथबाट हटाएकी महिलालाई मेयर हर्क साम्पाङले आफ्नो एक महिनाको तलब पठाइदिने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २८ २०:२० बजे
हर्क साम्पाङले

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ राईले काठमाडौँको फुटपाथमा ठेलागाडामा व्यापार गर्दै आएकी महिलालाई सहयोग  आफ्नो एक महिनाको तलब दिने  घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो एक महिनाको तलब दिने  बताएका छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘यी बैनी को हुन्रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!’ 

यता काठमाडौँ महानगरले फुटपाथमा व्यापार गर्नेलाई सूचना दिएर हट्न भन्दै आएको छ र नहट्नेलाई कारबाही गर्दै आएको छ। 

२०७९ असोज २८ २०:२० बजे

प्रतिक्रिया