गोरखाको चुनावी कार्यक्रममा भक्कानिए प्रचण्ड ?

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २८ १९:४८ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा भएको चुनावी कार्यक्रममा भक्कानिएका छन्।

शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट्याउने क्रममा उनी भावुक बनेर भक्कानिएका हुन्। कम्युनिष्ट आन्दोलनमा विचलन आउँदै गर्दा चीनमा माओ त्सेतुङ चिनकासाङ फर्किएको भन्दै उनले माओवादी आन्दोलनमा विचलन आएपछि आफू पनि सुधारको उर्जा बोक्न गोरखा आएको बताए। ‘माओ त्सेतुङ आन्दोलनका निम्ति उर्जा बटुल्न चिनकासाङ फर्किनुभएको थियो। म पार्टीको पहिलो हेडक्वाटर रहेको गोरखा फर्किएँ,’ उनले भने। त्यो क्रममा उनी केहीबेर भक्कानिएका थिए।

२०७९ असोज २८ १९:४८ बजे

प्रतिक्रिया