रुपन्देहीबाट चाँदीसहित दुईजना भारतीय नागरिक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २८ १८:३८ बजे
भारतीय नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीबाट अवैध चाँदीसहित दुईजना भारतीय नागरीक पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका २ मेउडिहवाबाट अवैध चाँदीसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएकोे रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जनाएका छन् । 

भारतको महाराजगञ्ज थाना कोलही बस्ने २५ वर्षीय शैलेन्द्र बर्मा र सोही ठाउँका २६ वर्षीय सतेन्द्र बर्मालाई पक्राउ गरिएको प्रहररीले जनाएको छ । 

विशेष सुराकीको आधारमा मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ४ किलो ५२२ ग्राम चाँदी बरामद गरिएको अर्यालले  बताएका छन् । 

बरामद गरिएको चाँदी, मोटरसाइकल र दुई भारतीय नागरिकलाई भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।

२०७९ असोज २८ १८:३८ बजे

प्रतिक्रिया