कक्षा १० को 'एसईई'परीक्षा आगामी चैत्र दोस्रो साताबाट

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २६ २२:०१ बजे
एसईई परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० (एसईई) को परीक्षा चैत्रको दोस्रो साताबाट गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० परीक्षा तालीका सार्वजनिक गर्दै चैत्रमा कक्षा १० परीक्षा गर्न  बताएको  हो । 

परीक्षाको लागि फारम छपाई कात्तिक मसान्त सम्म हुने भएको छ । फारम छपाईको जिम्मा प्रदेशलाई दिइएको छ । बोर्डले मंसिर मसान्त सम्म फारम भराउने भएको छ ।  त्यस्तै परीक्षा बोर्डले परीक्षा तालिका माघ मसान्तसम्म सार्वजनिक गर्ने भएको छ । परीक्षाको नतिजा असार पहिलो साता प्रकाशन गर्ने जनाएको छ । 

२०७९ असोज २६ २२:०१ बजे

प्रतिक्रिया