कारागारबाटै उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ २१:३९ बजे
रेशम चौधरी

काठमाडौं ।  कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन निर्वाचन आयोगले जनाएको छ । चौधरी कैलालीको घटनामा दोषि ठहरि हाल कारागारमा रहेका छन् । 

चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेका उम्मेदवारी खारेज गरिएको हो । 

‘ चौधरी २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको डिल्लीबजार कारागारले  प्रमाण र  उच्च अदालत डोटीले पनि  दोषि ठहर गरेकाले उनको  उम्मेदवारी  प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) उनको उम्मेदवारी अयोग्य भएको हो । ऐनको उक्त व्यवस्था अनुसार कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुन्छन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो घटनामा संलग्नताको आरोप लागेका चौधरीले फरार रहेकै अवस्थामा २०७४ सालको प्रतिनिधसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि अदालतसमक्ष आत्मसमर्पण गरेका उनलाई कैलाली जिल्ला अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेको थियो । जिल्ला अदालतको फैसलालाई उच्च अदालत डोटीले पनि सदर गरेको थियो । 

२०७९ असोज २५ २१:३९ बजे

प्रतिक्रिया