यि नेताहरूको नाम एमालेको पार्टी अभिलेखबाट हटाइँदै

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ १३:३५ बजे
एमालेको पार्टी अभिलेख

काठमाडौं । नेकपा एमालेका ५ जना केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यता अभिलेखबाट हटाउने भएको । आगामी मङ्सिरमा हुने निर्वाचनमा पार्टीले टिकट दिएकाहरू  माथि बागी वा स्वतन्त्र उम्मेदवारी दिने  विभिन्न नेताहरूलाई  एमालेले आफ्नो पार्टीको लिस्टबाट हटाउन लागेको हो ।  

‘स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्ने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।  एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । घनश्याम भुसाल, प्रभु साह, कुन्दन कुशवाह, गंगा चौधरी सत्गौवा,  बदमी क्वारा बुढामगरको नाम पार्टीले आफ्नो लिस्टबाट हटाउने भएको छ । 

२०७९ असोज २५ १३:३५ बजे

प्रतिक्रिया