करेन्ट लागेर विरगञ्जमा दुई जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ १०:३३ बजे
करेन्ट

काठमाडौं । पर्सामा करेन्ट लागेर दुई जनाको  ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका-२६ मा  रामकिशोर प्रसाद कुर्मीको  घरमा  प्लास्टर गर्ने क्रममा पोलको तार छुदा धोबिनी गाउँपालिका- ३ हरिहरपुर बस्ने ३० वर्षका सैफुल्ला अंसारीको  ज्यान गएको हाे । 

यस्तै वीरगञ्ज महानगरपालिकाऔ८ बसपार्क स्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेर ज्यालादारीमा काम गर्ने रानिघाटका ६० वर्षका ध्रुबप्रसाद साहको पनि  ज्यान गएको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

२०७९ असोज २५ १०:३३ बजे

प्रतिक्रिया