कक्षा १२ को परीक्षा वैशाख दोस्रो साताबाट

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ १०:०७ बजे
कक्षा १२ को परीक्षा

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साताबाट गर्ने भएको छ ।  बोर्डले मंगलबार शैक्षिक सत्र २०७९/०८० को परीक्षा सञ्चालन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  

राष्ट्रिय परीक्षा बोर्डले पुस १ गतेबाट परीक्षा आवेदन फारम वितरण गर्ने र माघ १५ गतेसम्मा फारम  भर्नुपनर्न  कार्यतालीका राखेको छ । माघ मसान्तसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फारम भरिने र फागुन मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गर्ने बोर्डले जनाएको छ ।  

यस्तै, कक्षा ११ को आशिंक/ग्रेड वृद्धि परीक्षा वैशाखाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने  भएकको छ ।  ११ को वार्षिक परीक्षा वैशाख अन्तिम सातादेखि सुरु हुने बोर्डले जनाएको छ ।  

कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फारम र दोब्बर दस्तुर तिरेर पुस मसान्तसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने छ । विद्यालयहरूले माघ १५ गतेभित्र बोर्डका कार्यालयमा रजिस्ट्रेसन फारम बुझाउनुपर्ने र फागुन १५ गतेभित्र रजिस्ट्रेसन फारमको अर्धकट्टी वितरण गर्नेछ। 

२०७९ असोज २५ १०:०७ बजे

प्रतिक्रिया