मलेसियामा संसद विघटन,६० दिनभित्र मध्यावधि निर्वाचन

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ ०९:५० बजे
मलेसियामलेसिया

काठमाडौं । मलेसियामा संसद विघटन भएको छ ।  मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका  हुन् । सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचनको  घोषणा समेत गरेका छन् ।  

टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि बताएका छन्  । 

२०७९ असोज २५ ०९:५० बजे

प्रतिक्रिया