घरको छत खस्दा एकै परिवारका नौकाे ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ ०५:१० बजे
नौकाे ज्यान गयो

काठमाडौं । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको  ज्यान गएको छ ।  उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । 

छत खसेलगत्तै स्थानीयवासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ। उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्‍याएका थिए। 

२०७९ असोज २४ ०५:१० बजे

प्रतिक्रिया