पहिरोले महाकाली राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित

bimbonline रासस
२०७९ असोज २३ १३:०३ बजे
राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ। आज बिहान खसेको पहिरोले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।

अवरुद्ध राजमार्ग खुलाउन जेसीबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।

यस्तै, सोही राजमार्गको दोगडाकेदार(३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ।

जनजीवन प्रभावित

लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ। बुधवार रातिदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको  हो।

वर्षाले दैनिक कामकाजका साथै यहाँका राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दशैँ मनाएर फर्किने यात्रुहरू समस्यामा परेका छन्।

यस्तै, दैनिक कामकाज ठप्प भएको छ। दैनिक ज्याला मजदुरी गर्ने, यात्रुहरू तथा किसानलाई दैनिक कामकाज गर्न पनि कठिनाइ भएको छ।

वर्षाले किसानले काटेको धानबाली र खरमा पनि क्षति पुगेको छ। पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार(३ श्रीकोटका दलजीत विष्टले गुनासो गरे।

खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताए। केही ठाउँमा काटेको खर कुहिन थालेको र पछि कुनै ठाउँका किसानले खर काट्न नपाउँदा किसान चिन्तित भएका छन्।

यस्तै, ग्रामीण सडक पानीले  हिलाम्य हुँदा आवागमन पनि रोकिएको छ भने राजमार्गमा पनि वर्षाले सवारी सञ्चालनमा समस्या भएको चालकहरूले बताएका छन्। यस्तै, पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरुद्ध भएको छ।

सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो। अझै दुईरतीन दिन पानी पर्ने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश भू(भागहमा वर्षा भइरहेको छ। अझै केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको। निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको सम्भावना हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

२०७९ असोज २३ १३:०३ बजे

प्रतिक्रिया