यि हुन् कर्णाली माओवादीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १६:४९ बजे
कर्णाली माओवादी

काठमााडौं ।  नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । आफ्नो भागमा परेका क्षेत्रमा माओवादीले उम्मेदवार तय गरेको हो ।

माओवादीले रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्ति बस्नेत, कालिकोटमा  महेन्द्र शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल उम्मेदवार बनाएको छ । 

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा माओवादीको भागमा  ५ वटा क्षेत्र परेको छ । यस्तै कांग्रेसले ५ र नेकपा एसले २ क्षेत्र पाएका छन् ।

२०७९ असोज २२ १६:४९ बजे

प्रतिक्रिया