भीम रावललाई टिकट नदिएपछि अछाममा विद्रोह - ४० जनाले एमाले छाडे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १५:२९ बजे
अछाममा विद्रोह

काठमाडौं ।  भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ ।। नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गर्दै विद्रोह गरके हुन् ।

जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्लीले एमाले छोडेको घोषणा गरेका हुन् ।   पार्टीले टिकट वितरणमा मनोमानि गरेको जनाउदै उनिहरुले एमाले छोडेको जनाएका छन् । 







२०७९ असोज २२ १५:२९ बजे

प्रतिक्रिया