प्युठान पहिरोमा परि बेपत्ता भएका तीन जनाको शव फेला, ३ अझै बेपत्ता

पहिरोमा बेपत्ता भएका ६० वर्षीय बोम बहादुर राहुँ, ४ वर्षीय सुशान राहुँ र ६० वर्षीय हीराबहादुर थापाको अबस्था भने अझै अज्ञात

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १४:५८ बजे
प्युठान पहिरो

काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका-४ फरिण्डेमा पहिरोमा परेर बेपत्ता भएका ६ मध्ये ३ जनाको शव आज भेटिएको छ । फरिण्डेका ५५ वर्षीया थमा बुढामगर, २१ वर्षीया टेकी राहुँ र १८ वर्षीया मौसमी थापामगरको शव भेटिएको हो ।  

पहिरोमा बेपत्ता भएका ६० वर्षीय बोम बहादुर राहुँ, ४ वर्षीय सुशान राहुँ र ६० वर्षीय हीराबहादुर थापाको अबस्था भने अझै अज्ञात  रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक सुशील थापाले जनाएका छन् । 

उनीहरूको खोजी कार्य भइरहेको छ । शुक्रबार दिउँसो घर माथिबाट आएको पहिरोले बोमबहादुर राहुँको घर पुर्दा दुई घर परिवारका ६ जना बेपत्ता भएका थिए ।

२०७९ असोज २२ १४:५८ बजे

प्रतिक्रिया