भीम रावल र घनश्याम भुसाललाई आयो गठबन्धनबाट चुनाव लड्न प्रस्ताव

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १४:५० बजे
भीम रावल र घनश्याम भुसाल

काठमाडौं । एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट  निर्वाचन लड्न आग्रह गरेका छन् । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि  सत्तारुढ दलहरुले उनिहरुलाई गठबन्धनबाट निर्वाचन लड्न आग्रह गरेको हो । 

भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ बर्षदेखि एमालेमा रहेर सम्पुर्ण सामर्थ्य लगाएपनि एमालेमा नीति र विधि पुर्नस्थापना नहुने देखेर एमाले छाडेको बताएका छन् । 

२०७९ असोज २२ १४:५० बजे

प्रतिक्रिया