रावलको टिकट खोसिएपछि अछाम क्षेत्र नम्बर १ निर्वाचन कमिटीका संयोजकले दिए राजीनामा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १३:१५ बजे
अछाम क्षेत्र नम्बर १ निर्वाचन कमिटीका संयोजकले दिए राजीनामा

काठमाडौं । नेकपा एमाले अछाम निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय निर्वाचन कमिटी संयोजकले राजीनामा दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रले सर्वसम्मत रुपमा सिफारिस गरेको नाम केन्द्रबाट हेरफेर भएकोमा असन्तुष्ट जनाउँदै संयोजक शाहले राजीनामा दिएका हुन् । 

अछाम क्षेत्र नं. १ बाट नेता डाक्टर भीम रावलको एकल नाम आएको थियो । तर उनको टिकट खोसेर अध्यक्ष केपी शर्मा ओलीले अन्यलाई  दिएको  हो । 

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको राजीनामा पत्रमा भिम रावलको ठाउँमा टिकट दिइएका झपट बोहराकै प्रमुख आतिथ्यमा उक्त निर्णय भएको अवगत गराए ।

 

२०७९ असोज २२ १३:१५ बजे

प्रतिक्रिया