ओलीसँग फरक मत राख्ने एमालेका यि नेताहरुले पाएनन् टिकट

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १०:३८ बजे
एमालेका यि नेताहरुले पाएनन् टिकट

काठमाडौं ।आगामी मंसिरमा हुने निर्वाचन नजिकिएसँगै सबै राजनीतिक पार्टीहरुलाई हम्मे हम्मे परेको छ । सत्तारुढ दल होस वा प्रतिपक्ष दल होस सबैमा हम्मे हम्मे परेको छ । सिटको कुरा नमिल्दा सत्तारुढ दल जनता सामाजवादी (जसपा) एमालेसँग सहकार्य गर्न लागि रहेको छ ।

सत्तारुढ दलहरुले पनि गठबन्धनमा लोसपालाई ल्याउन खोजेका छन् । लोसपासँग सहकार्य गर्न देउवाको मनासाय रहेको थियो । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा भने एकल नाम सिफरिस भएको पनि उनिहरुले टिकट पाएका छैनन् । उनिहरुले पार्टी अध्यक्ष ओलीको कार्यशैलीको विरोध गर्दै आएका थीए । एमालेले पार्टीमा अध्यक्षको आलोचना गर्ने प्रयायलाई टिकट दिएकाे छैन् । एमालेमा प्रतिशोधतताले चरमता चुलेको देखिएको छ ।   

एमालेले पूर्वउपाध्यक्ष भीम रावल, पूर्वउपमहासचिव घनश्याम भुसालसहित १४ जनाको टिकट काटिएको छ । १० बुँदे सहमति गर्दै पुरानो विवाद बिर्सन तयार भएका नेताहरूको पनि बफादारिता परीक्षण गरेर मात्र टिकट वितरण भएको छ ।

अछाम–१ बाट एकल सिफारिस भएका पूर्वउपाध्यक्ष रावलको नाम नेतृत्वले काटेको छ । अघिल्लो पटक भुसाल निर्वाचित रूपन्देही–३ यसपालि भने एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ । 

ओलीले प्रतिनिधिसभा विघटन गर्दा विरोध गरेका अन्य नेताहरूको पनि टिकट काटिएको छ । सिन्धुली–१ बाट गणेश पहाडी, कञ्चनपुर–३ बाट दीपकप्रकाश भट्ट, झापा–२ बाट पवित्रा निरौला खरेल, दैलेख–२ बाट राजबहादुर बुढासहितका निवर्तमान सांसदहरूको टिकट काटिएको छ । उनीहरू आआफ्नो निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका थिए । कञ्चनपुर–३ मा नीरुदेवी पाल, झापा–२ मा देवराज घिमिरे र दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाइएको छ ।

मकवानपुर–१ का कृष्णप्रसाद दाहाल, पाल्पा–१ का दलबहादुर राना, बाँके–३ का नन्दलाल रोकाया, सुर्खेत–२ का नवराज रावत, म्याग्दीका भूपेन्द्र थापा, बझाङका भैरवबहादुर सिंह, बाजुराका लालबहादुर थापाले पनि उम्मेदवारी पाएनन् । 

२०७९ असोज २२ १०:३८ बजे

प्रतिक्रिया