पहिरोका कारण घोराही-लमही सडक अवरूद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ ०९:४० बजे
घोराही-लमही सडक अवरूद्ध

काठमाडौं ।  लगातार परेको वर्षाका कारण आएको पहिरोले घोराही(लमही सडक अवरूद्ध भएको छ । मसोट खोला नजिकै शुक्रबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।  

सडक अवरूद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् । बिहानैदेखि पहिरो पन्छाउने काम भैरहेको  जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले   जनाएका छन् । 

२०७९ असोज २२ ०९:४० बजे

प्रतिक्रिया