काठमाडौं । सत्ता गठबन्धनले आगामि निर्वाचनका लागि भागबन्डाको सहमति मिलेको छ । जनता समाजवादी पार्टी नेपाल जसपाको भागमा परेका १३ निर्वाचन क्षेत्रलाई खाली राखेर बाँकीमा सहमति गरेको छ।
शुक्रवारको बसेको बैठकले अधिकांश क्षेत्रमा भागबन्डा गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन् ।
बाँकी एकाध ठाउँमा भोलि शीर्ष नेता बसेर टुंगो लगाउने कार्यतालीका रहेको उनले बताएका छन् । जनता समाजवादी पार्टीलाई प्रदेशतर्फ गठबन्धनले २८ सिट दिएकोमा त्यो ठाउँ पनि खाली राखिएको उनले बताएका छन् ।
प्रतिक्रिया