युक्रेन युद्ध; बाइडन भन्छन्, परमाणु युद्धको खतरा सन् १९६२ यताकै उच्च

bimbonline बीबीसी
२०७९ असोज २१ १८:४४ बजे
बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले परमाणु युद्धको खतरा सन् १९६२ को क्युबाली क्षेप्यास्त्र सङ्कटयताको सबैभन्दा उच्च बिन्दुमा पुगेको बताएका छन्।युक्रेनमा विभिन्न पराजय भोग्दै गएपछि भ्लादिमिर पुटिनले परमाणुअस्त्रबारे बोल्नु 'ठट्टा'गरेको नभएको बाइडनले बताए। उनले थपेः अमेरिकाले पुटिन कसरी युद्धबाट बाहिरिन खोज्दैछन् भन्ने ूपत्ता लगाउने कोसिसमा रहेकोू छ।

अमेरिका र ईयूले यसअघि नै पुटिनको परमाणुअस्त्रसम्बन्धी रटानलाई गम्भीर रूपमा लिनुपर्ने बताइसकेका छन्। यद्यपि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले गत हप्ता परमाणुअस्त्रको सम्भावना मस्कोले झल्काए पनि तत्काल रुसले त्यसो गरिहाल्ला भन्ने कुनै सङ्केत अमेरिकाले नदेखेको बताएका थिए।

युक्रेन हालै रुसले नियन्त्रणमा लिएका चारसहित अन्य क्षेत्र आफ्ना भूभागहरू फिर्ता लिने क्रममा छ।केही महिनादेखि अमेरिकी अधिकारीहरूले यदि रुसले पराजय भोग्नुपर्‍यो भने नरसंहारकारी अस्त्रहरू प्रयोग गर्नसक्ने भन्दै चेतावनी दिँदै आएका छन्।

राष्ट्रपति बाइडनले रुसी नेताको रणनीतिक पारमाणुअस्त्रको कुरा ठट्टा होइन भन्नुको कारण 'पुटिनको सेनाले असाध्यै नराम्रो प्रदर्शन गरिरहेको' भएको बताएका छन्।बाइडनले आफ्ना डेमोक्रेट नेताहरूसँग भने, 'क्युबाली क्षेप्यास्त्र सङ्कटको बेलायता पहिलो पटक हामीलाई पारमाणविक हतियारको प्रत्यक्ष खतरा बढेको छ खासगरी जसरी रुसका सेनाको पराजय भइरहेको छ त्यो त्यस्तै रहिरहेको अवस्थामा।'हामीले केनेडी र क्युबाली क्षेप्यास्त्र सङ्कटयता यस्तो किसिमको समस्या सामु पर्नुपरेको थिएन।'

सन् १९६२ मा अमेरिका र सोभियत युनियनमा क्रमशः जोन एफ केनेडी र निकिता ख्रुश्चेभले नेतृत्व गरिरहेका थिए त्यसबेला क्युबामा रुसले आणविक हतियार तैनाथ गरेपछि अमेरिका र रुस परमाणुअस्त्र प्रदर्शनको होडबाजीको अवस्थामा पुगेका थिए।त्यस बेलाको द्वन्द्व धेरै विज्ञहरूले विश्वले कहिल्यै नदेखेको पूर्णस्तरको परमाणु युद्धको रूप हुने ठानेका थिए।


गत शुक्रवार एउटा भाषणमा राष्ट्रपति पुटिनले अमेरिकाले विश्व युद्धको अन्त्यतिर अमेरिकाले जापानविरुद्ध परमाणुअस्त्र प्रयोग गरेर 'नजिरू बनाएको उल्लेख गरेका थिए।रुस सम्पादक स्टीभ रोजेनबर्ग पुटिनको प्रतिक्रियालाई पश्चिमा सरकारले नजरअन्दाज गर्न नसक्ने औँल्याउँछन्।पुटिनले रुसी भूभागको रक्षा गर्न कुनै पनि उपाय बाँकी नराख्ने भन्दै धम्की दिएका छन्।

पुटिनले युक्रेनका चार क्षेत्र रुसमा गाभेको भन्दै दस्तावेजहरूमा हस्ताक्षर गरिरहेका बेला पनि युक्रेनी फौज रुसी नियन्त्रणमा रहेका क्षेत्रमा अगाडि बढिरहेकै थिए।रुसबाट हजारौँ मानिसहरू युक्रेनसँग युद्ध गर्न भर्ती हुनुपर्ने आदेश अवज्ञा गर्दै रुस छोडेर भागिरहेका छन्।

युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले यसअघि मस्कोको पारमाणविक धम्कीलाई 'रुसी अधिकारीको निरन्तरको प्रोपोगान्डा' भन्दै आएका छन्।खकार्नेगी इनडाओमेन्ट फर इन्टरन्याशनल पीस संस्थाका पल स्ट्रोन्स्कीले बीबीसीलाई भने( रुसको 'अस्थिर बनाउने भन्ने नारा'पश्चिमाहरूलाई भयभीत तुल्याउनु रहेको छ।

रुसमा पनि परमाणुअस्त्र प्रयोगसम्बन्धी कुराबारे आलोचना भएको छ।रुसको मूलधारको पत्रिका नेजाभिसिमाभा गजेटामा छापिएको सम्पादकीयमा ूवरिष्ठ रुसी अधिकारी'द्वारा 'परमाणुअस्त्रको बटन थिच्ने' कुरा गरेकोमा कडा आलोचना गरिएको छ।रुसको विदेश मन्त्रालयकी प्रवक्ताले बिहीवार मस्कोमा रिपोर्टरहरूसँग भनिन्,'परमाणुअस्त्र कहिल्यै प्रयोग गर्नु हुँदैन' भन्ने आफ्नो अडान परिवर्तन नगरेको बताएकी थिइन्।


२०७९ असोज २१ १८:४४ बजे

प्रतिक्रिया