कमल थापाले पनि नपाउने भए एमालेको समर्थन

एमालेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला ईन्चार्ज रामेश्वर रानालाई लडाउने भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १८:१७ बजे
कमल थापा

काठमाडौं । नेकपा एमालेले  राप्रपा नेपाका अध्यक्ष  कमल थापालाई समर्थन नगर्ने भएको छ । मकवानपुर १ बाट कमल थापा निर्वाचन लड्न थालेको  हुन् ।   थापा एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवार हुन चाहन्थे । तर एमालेले प्रतिनिधिसभा दुबै र प्रदेशसभाको चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला ईन्चार्ज रामेश्वर रानालाई लडाउने भएको छ ।   प्रदेशसभातर्फ कमा कमल विष्ट र ख मा जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

२०७९ असोज २१ १८:१७ बजे

प्रतिक्रिया