काठमाडौं । प्रमुख प्रपिक्ष दल नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाएको छ ।
स्रोतका अनुसार, प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, अछाम–१ मा झपट बोहोरा र अछाम–२ बाट यज्ञ बोगटीले टिकट पाएका छन् ।
कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् ।
प्रतिक्रिया