बाराबाट २० किलोग्राम चरेससहित ३ जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १४:४७ बजे
चरेससहित ३ जना पक्राउ

काठमाडौं । बाराबाट चरेस सहित प्रहरलिे तिन जनालाई  पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी १२ नम्बर हेक्वा मातहत बारा बेनौली  सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको टोलीले आज बिहान पचरौता नगरपालिका ७ स्थित ना १ ह ६२३४ नम्बरको अटोबाट २० किलोग्राम लागु औषध चरेससहित तीन जनालाई पक्राउ  गरेको जनाएको छ ।   

वीरगन्ज नगवा टोलका ३० वर्षीय मुकेश श्रीवास्तब, वीरगन्ज छपकैयाका वर्ष १६ का मुस्तुफा देवान र अटो चालक बारा महागढिमाई नगरपालिका १ का वर्ष ३७ का मुस्ताज देवानलाई  पक्राउ गरिएको  सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारि दिएका छन् । उनिहरुलाई  थप अनुसन्धानको लागि बार प्रहरी कार्यालयामा बुझाइएको छ ।  

२०७९ असोज २१ १४:४७ बजे

प्रतिक्रिया