अविरल वर्षाका कारण विभिन्न राजमार्गहरू अबरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १३:५२ बजे
राजमार्गहरूमा अबरुद्ध

 काठमाडौं । मंगलबारदेखि  निरन्तर व परेको र्षाले लुम्बिनीका विभिन्न ठाउँमा सडक अवरुद्ध  भएका छन् । अबरुद्ध भएका सडकहरु खुल्न थालेका छन् । सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–पाल्पा सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।

सिद्धबाबा नजिकै सडकमाथिबाट ढुङ्गा तथा लेदोसहितको भेल बग्ने क्रम जारी रहेकोले सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएका कारण सडक सफा गर्न नपाउँदा विहान करिब ५ बजेदेखि सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

सडक माथि निरन्तर ढुङ्गा खसिरहेकाले बाटो पन्छाउन गार्यो भइरहेको बताएका छन् । यसैगरी पुर्व–पश्चिम राजमार्ग अन्तरगत दाङको धानखोलामा विद्युत पोल ढलेर अवरुद्ध भएको छ । 

यता गोरुसिङ्गे अर्घाखाँची सडक पहिरोका कारण अवरुद्ध भएको छ । उक्त सडक खण्डको घुम्ती र जगतमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी गुल्मी सदरमुकाम तम्घासदेखि विभिन्न गाउँ जोड्ने भित्री सडक खण्डहरु बिहीबारदेखि नै अवरुद्ध रहेका छन् ।

शुक्रबार तराईका जिल्लामा पानी कम परेपनि पहाडी जिल्लामा पानी नरोकिएकाले अझै जनजीवन सहज बन्न सकेको छैन । निरन्तर परेको वर्षाको कारण पहिरोमा परि  काठमाडौंमा ३ जनाको ज्यान गएको छ । 

२०७९ असोज २१ १३:५२ बजे

प्रतिक्रिया