बारामा बस दुर्घटना हुदाँ १२ को मृत्यु, ३६ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २० १३:३० बजे
बस दुर्घटना

काठमाडौं । अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।  

चितवनको नारायणगढबाट वीरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६०० ख ०२१० नम्बरको बस सडकमा अनियन्त्रित भइ  हुदाँ १२ जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले  उनुसार दुर्घटनामा परि  ३६ जना घाइते  भएका छन् ।

दुर्घटनास्थलमा १० तथा दुई जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा  ज्यान गएको हो ।   घाइतेको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ। गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ । 

२०७९ असोज २० १३:३० बजे

प्रतिक्रिया