विमानस्थलबाट हतकडी लगाए हिरासतमा सन्दीप

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २० ११:१४ बजे
हिरासतमा सन्दीप

काठमाडौं  । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल पक्राउ परेका छन् ।

उनलाई प्रहरीले विमानस्थलबाट प्रकाउ गरेको छ । कतार एअरवेजको जहाजबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएका सन्दीपले प्रहरी सामु आत्मसमर्पण गरेका हुन् ।विमानस्टलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको छ । 

२०७९ असोज २० ११:१४ बजे

प्रतिक्रिया