प्रवास भारतमा रहेका नेपालीले गरे सहकारी समुह गठन

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २० १०:५० बजे
सहकारी समुहको भेला

दिल्ला भारत ।  भारत को राजधानी क्षेत्र नयाँ दिल्ली स्थित विभिन्न पेशा र व्यवशायमा संलग्न प्रवासी नेपालीहरु द्वारा संचालित“ श्री मानव कल्याण सहकारी समुह” को पहिलो पूर्ण सभा दिल्ली को भिक्रन्त क्याफे कमला नगर मा सम्पन्न भएको छ। “तपाईं हाम्रो र हामी सबैको” भन्ने मूल नाराका साथ सम्पन्न सभा वडा दशमी तथा शुभ दिपावली को अवसर पारेर आयोजना गरिएको हो। उक्त सभा को अध्यक्षता समूहका अध्यक्ष  सुरेन्द्र बोहरा ले गर्नुभएको थियो भने सचिव  श्याम बहादुर महता ले सभा को सञ्चालन गर्नुभएको थियो। समुह सञ्चालक समिति सदस्य  टेक सिंह ठकुरी ले समुह को तर्फबाट स्वागत मन्तव्य राख्नुभएको थियो।   दुर्गा साउँद ले शुभ कामना मन्तव्य राख्नुभएको थियो। कोषाध्यक्ष  ओम प्रकाश पन्त ले समुह को जम्मा आय व्यय प्रस्तुत गर्दै आगामी आर्थिक योजना समेत प्रस्तुत गर्नुभएको थियो।

जम्मा २५ जना शेयर सदस्यहरु रहेको श्री मानव कल्याण सहकारी समुह को पूर्णसभा ले आगामी वार्षिक साधारण सभा सम्म का लागी बहाल रहेका मात्र २५ जना भन्दा बढी सेयर सदस्यहरु को संख्या विस्तार नगर्ने निर्णय गरेको छ। सभाको अध्यक्षता गर्दै सुरेन्द्र बोहरा ले उक्त समुह को स्थापना देखि नै विभिन्न बाधा र अड्चनहरु आए पनी सबैको साथ,सहयोग र विश्वास ले ती तमाम,बाधा र अड्चनहरु माथि सहजै विजय हासिल भएको बताउँदै आउँदा दिनहरूमा समेत आपसी साथ,सदभाव र सहयोग कायम राख्दै सामाजिक रूपले स्वतन्त्रत,आर्थिक रूपले पारदर्शी र नैतिक रूपले इमान्दार बनेर अगाडी बढ्दै प्रवासी नेपालीहरु माँझ प्रेरणादायी भूमिका निभाउन सबैलाई आग्रह गर्नुभयो। संसारमा झगडा र कलह को स्रोत नै अर्थ र आर्थिक सम्बन्ध रहेको ले त्यस सम्बन्धी सबै पारदर्शी बन्नुपर्ने कुरा तर्फ जोड दिँदै अध्यक्ष सुरेन्द्र बोहोराले आफूहरु को कार्यबाट देशको विकास र समृद्धि मा सहयोग पुग्ने र त्यहाँ  प्रवासी नेपालीहरु को प्रष्ट सहभागिता समेत देख्न सकिने बताउनुभयो। अन्तमा एक अर्काको हातबाट दशैंको टीका ग्रहण गर्दै सभा समापन गरिएको थियो।

२०७९ असोज २० १०:५० बजे

प्रतिक्रिया