दसैंको टीका लगाउन मामाघर हिडेकी झरना बाटोमै कारको ठक्कर दिँदा अस्ताइन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २० ०९:५८ बजे
झरना चौधरी

काठमाडौं । रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा  टीका लगाउन मामाघर हिडेकी  २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको  प्रहरीले जनाएको छ । 

लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताए ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् ।

तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत थिइन् । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उनी दुर्घटनामा परेकी थिइन् ।

२०७९ असोज २० ०९:५८ बजे

प्रतिक्रिया