खराव मौसमका कारण आकाशमै फन्का लगाउदै जहाजहरु

भुटानको पारोबाट आएको ड्रुक एअर र दुवईबाट आएको फ्लाई दुवईले १२ फन्को लगाउँदा पनि अवतरण गर्न सकेन

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २० ०९:४९ बजे
जहाजहरु

काठमाडौं। खराब मौसमका कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् । निरन्तरको झरीका कारण विमानस्थलको भिजिविलिटी कम रहेकाले जहाज अवतरणमा  समस्या भएको हो ।

भुटानको पारोबाट आएको ड्रुक एअर र दुवईबाट आएको फ्लाई दुवईले १२ फन्को लगाउँदा पनि अवतरण गर्न सकेन । कतार एअरको जहाज पनि आकासमै घुमेको छ । अरु जहाज पनि आकासमै घुमिरहेका छन् ।

२०७९ असोज २० ०९:४९ बजे

प्रतिक्रिया