देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २० ०९:३४ बजे
हल्का देखि मध्यम वर्षा

काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती  प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै  ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक(दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना  जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही  स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।     

२०७९ असोज २० ०९:३४ बजे

प्रतिक्रिया