बदलियो साथि ।

bimbonline लाल बहादुर जाग्री
२०७९ असोज १९ १८:२२ बजे
लाल बहादुर जाग्री

लाल बहादुर जाग्री, डडेल्धुरा

एउटै उधेश्य लक्ष्य वोकेर हिड्नेहरु

आज तिम्रो उद्देश्य लक्ष्य बदलियो

आस्था र विश्वास मात्र बदलिएन

तिम्रो इमान,निष्ठा र नैतिकता पनि बदलियो।

नेल हत्कडी जेल ले नबदलिएको आस्था 

आज सुख शैल सुरा सुन्दरी र डलर ले बदलियो।

तिमि बदलिए पनि म र ,मेरो वर्ग बदलिएको छैन

वर्गहरु वदलिए पछि मात्र म बदलिने छु।

तिमि आफु र परिवारका वारे सोच्छौ

म मेरो वर्ग र राष्टृको वारेमा सोच्छु

तिम्रो प्रिय चिज मेरो घृणाको वस्तु हुन्छ

तिम्रो सँगत समाज भिन्न- मेरो भिन्न छ। 

यसको कारण तिमि र म मात्र छैनौ

यसका मुख्य कारक माक्स हुन

माक्सले वर्गिय चेतना नदेखाएको भए

हाम्रो यो चेतना हुदैन थियो।

एक पटक क्रान्तिकारी हुन जति सजिलो छ

सधै रहिरहन त्यतिकै कठिन छ

सँर्घष सहज सँग होइन कठिन सँग गर्न आन्दन हुन्छ 

माक्सको ज्ञानले बर्गिय मनहरु लाइ छुन्छ ।

२०७९ असोज १९ १८:२२ बजे

प्रतिक्रिया