स्याङ्जामा बस र मोटरसाइकल ठोक्किँदा १ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १९ १८:०४ बजे
घाइते

काठमाडौं । स्याङ्जाको वालिङमा बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । 

पोखराबाट लुम्बिनीका लागि छुटेको प्रदेश नं ३ ०१–००१ प १५८१ नम्बरको बस र गल्याङबाट वालिङका लागि छुटेको लु ७७ प ८८४३ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका १० को आम्बोटमा ठोकिएको हो ।

दुर्घटनामा  परि मोटरसाइकल चालक गल्याङ नगरपालिका ८ का २७ वर्षीय सरोज उपाध्याय गम्भीर घाइते भएका  छन् ।  उपाध्यायको टाउको र हातमा गम्भीर चोट लागेको र थप उपचारका लागि पोखरा पठाइएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

२०७९ असोज १९ १८:०४ बजे

प्रतिक्रिया