प्रचण्ड र देउवाले लगाएनन् दसैंको टीका

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टिका लगाउन पाएनन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १९ १७:२७ बजे

 काठमाडौं । यस पटकको दसैंमा भ्रातृशोकका कारण प्रधामन्त्री तथा नेपाली कौग्रेसका सभापति शेर बाहादुर देउवाले टिका लगाएनन् । सत्तारुढ प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यसपाली पनि टिका लगाएका छैनन् । 

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टिका लगाउन पाएनन् ।  प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष  नपुगेका कारण देउवाले यसपटकको दशैका टिका लगाउन  पाएनन्  ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष पनि बडादसैंको टीका लगाएनन् । उनको परिवारका सदस्यले भने दसैंको टीका  लगाएका हुन् । प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् । प्रचण्ड पुत्री गंगा दाहालले दसैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गरेकी हुन् । 

२०७९ असोज १९ १७:२७ बजे

प्रतिक्रिया