राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट को-कोले थापे दसैंको टिका

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १९ १६:५७ बजे
ट को-कोले थापे दसैंको टिका

काठमाडौं । आज विजया दशमी अन्तिम दिन टिकाको दिन रहेको छ । नौ दिन सम्म पुजा अर्चना गरेर जमरा, रातो अबिर , दहि  केरा र चामबाट त्यार पारेको अक्षता निधारमा लगाउने प्रचलन रहेको छ ।

उमेर पुगेका पाकाहरुले साइतको टिका लगाउन आफुभन्दा ठुला मान्यजन कहाँ जाने भएकाले आफ्नै जिनवसाथी जीनवसैगीनी दाजु भाइबाट टिका लगाउने प्रचलन रहेको छ । टिका लगाउँदा  आशिस पाइने र दक्षीणा दिनुपर्ने मान्यता रहेको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवास पुगेका थिए ।


राष्ट्रपति भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी थिइन् ।  प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दशैंको टिका लगाएका छन् । राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरिन् ।


शीतलनिवास गई उनले राष्ट्रपति भण्डारीसँग टीका थापेका हुन्।सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पनि राष्ट्रपति भण्डारीसँग टीका ग्रहण गरेका छन्।

२०७९ असोज १९ १६:५७ बजे

प्रतिक्रिया