आज १० जनामा कोरोना संक्रमण

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १९ १६:३६ बजे
कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ९ सय ८७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० जनामा सङ्क्रमण भेटिएको हो ।  

 मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७३२ पुगेको छ । यस्तै थप ९ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।

२०७९ असोज १९ १६:३६ बजे

प्रतिक्रिया