डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १९ ०८:४२ बजे
डेंगु

काठमाडौं । नेपालमा पछिल्लो केहि महिना यता लगातार डेंगु संक्रमणका बिरामीको संख्या बढ्दै गएको छ । डेंगु संक्रमणको काराण ज्यान गुमाउनेको संख्या पनि निरन्तर बढीरहेको छ ।

साउनयता मात्रै नेपालमा डेंगु संक्रमणका काराणबाट ४१ जनाको ज्यान  गएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार  अहिलेसम्म डेंगुबाट ४१ जनाको ज्यान गएको पुष्टि भएको छ।

डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।

२०७९ असोज १९ ०८:४२ बजे

प्रतिक्रिया