आज दसैं- टिकाको उत्तम साइत ११ः५१ बजे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १९ ०६:२२ बजे
आज दसैं

काठमाडौं । आज विजया दशमी अन्तिम दिन टिकाको दिन रहेको छ ।  विजया दशमीको उत्तम साइतल ११ बजेर ५१ मिनेटमा रहेको छ । आज १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रुपामा  टिका लगाउन सकिने नेपाल पञ्चाङक निर्णायक समितीले जनाएको छ ।

नौ दिन सम्म पुजा अर्चना गरेर जमरा, रातो अबिर , दहि  केरा र चामबाट त्यार पारेको अक्षता निधारमा लगाउने प्रचलन रहेको छ ।  उमेर पुगेका पाकाहरुले साइतको टिका लगाउन आफुभन्दा ठुला मान्यजन कहाँ जाने भएकाले आफ्नै जिनवसाथी जीनवसैगीनी दाजु भाइबाट टिका लगाउने प्रचलन रहेको छ । 

 टिका लगाउँदा  आशिस पाइने र दक्षीणा दिनुपर्ने मान्यता रहेको छ । 

२०७९ असोज १९ ०६:२२ बजे

प्रतिक्रिया