उत्तर कोरियाले जापानमाथि गर्यो ब्यालेस्टिक मिसाइल प्रहार

सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १८ १०:४८ बजे
ब्यालेस्टिक मिसाइल प्रहार

काठमडौं । उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरका

रले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न आग्रह गरेको छ ।

सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो ।संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । मिसाइल जापानबाट झण्डै तीन हजार किलोमिटर (१८ सय ६० माइल) प्रशान्त महासागरमा खसेको थियो ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो प्रक्षेपणको निन्दा गर्नुभएको छ । जापान सरकारले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक समेत बोलाएको छ । ऐजेन्सी 

२०७९ असोज १८ १०:४८ बजे

प्रतिक्रिया