इन्डोनेसिया स्टेडियम भागदौडमा ३२ बालबालिका मारिएको पुष्टि

सरकारी अधिकारीहरुले १८ जनामाथि छानविन सुरु गरेका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १८ १०:२९ बजे
इन्डोनेसिया स्टेडियम भागदौड

काठमाडौं । इन्डोनेसियाको एक स्टेडियममा  भएको भागदौडमा परी कम्तिमा ३२ जना बालबालिकाको ज्यान गएको पुष्टि भएको छ।   बीबीसीले सरकारी अधिकारीहरुलाई उदृत गर्दै उक्त घटनामा ३२ जना बालबालिकाको मृत्यु भएको पुष्टी गरेको हो ।

कान्जुरुहान स्टेडियममा भएको घटनामा कम्तिमा १ सय २५ जनाको ज्यान गएको छ । सो घटनामा परि  ३ सय २० जना भन्दा बढी मानिस घाइते  भएका बीबीसीले जनाएको छ ।  

खेल समाप्त भएपछि समर्थकहरु मैदान प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीहरुले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको थियो । सरकारी अधिकारीहरुले १८ जनामाथि छानविन सुरु गरेका छन् ।

२०७९ असोज १८ १०:२९ बजे

प्रतिक्रिया