प्रवासी नेपालीहरुले भारतमा दसैंको शुभकामना सास्कृतिक कार्यक्रम मार्फत दिए

कार्यक्रममा भारतीय जनता पार्टी को लोकप्रिय युवा संगठन का केन्द्रीय सदस्य आदरणीय सामाजिक व्यक्तित्व भिइडी शर्माको को प्रमुख आथित्यता रहेको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १८ १०:२१ बजे
कार्यक्रमको एक झलक

भारत । मेचि महाकाली जागरण अभियान भारत ले विजया दशमी तथा दिपावलीको अवरमा सांस्कृतिक कार्यक्रम गरि शुभकामना आदान प्रदान गरेको छ । दशमी तथा दिपावलीको सुखद अवसरमा आयोजना सांस्कृतिक उत्सव तथा शुभकामना आदान-प्रदान कार्यक्रममा मेचि महाकाली जागरण अभियान भारत का केन्द्रीय कोषाध्यक्ष  प्रकाश बोहराको  अध्यक्षता रहेको थियो ।

कार्यक्रममा भारतीय जनता पार्टीको लोकप्रिय युवा संगठनका केन्द्रीय सदस्य आदरणीय सामाजिक व्यक्तित्व भिइडी शर्माको को प्रमुख आथित्यता रहेको थियो ।  सामाजिक अभियन्ता धर्म राज भट्टले कार्यक्रमको सञ्चालन गरेका हुन् ।

मेचि महाकाली जागरण अभियान भारतका निवर्तमान अध्यक्ष मदन धामी कुशल को विशिष्ट आथित्यमा र अन्य विशिष्ट सामाजिक व्यक्तित्वहरु लगायत सम्पुर्ण कलाकारहरुको विशेष उपस्थितिमा गित सँगित र नृत्यको प्रस्तुति सहित  भव्य एव सानदाररुपमा कार्यक्रम सम्पन्न गरिएको दिल्लास्थित बिम्बअनलाइन सम्वादाता सुरेन्द्र वोहराले जनाएका छन। 

२०७९ असोज १८ १०:२१ बजे

प्रतिक्रिया