आज दशैँको महानवमी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १८ १०:०९ बजे
महानवमी

काठमाडौं । आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व  हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।

नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइनेगरिन्छ । 

दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।

२०७९ असोज १८ १०:०९ बजे

प्रतिक्रिया