दसैंमा १८ लाख भन्दा धेरैले काठमाडौं छोड्दै

यात्रुहरुसँग धेरै भाडा लिने ५४ जना नियन्त्रणमा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १७ १०:०५ बजे
दसैं

काठमाडौं । हिन्दूहरूको महान चाड बडादसैँमा देशविदेशमा रहेकाहरु घर आउने लर्को लागेको छ । विभिन्न रोजगारी र काम कार्यका लागि विदेशमा भएका मान्छेहरु घर आउन थालेका हुन् ।

देशको राजधानी काठमाडौंबाट दसैँ लक्षित लाखौंको संख्यामा यात्रुहरु बाहिरिएका  छन् । उपत्यकाबाट दसैँका लागि घर जाने यात्रुहरुको कोटेस्वर नयाँ बसपार्क क्षेत्रहरुमा भिड रहेको छ ।

काठमाडौंबाट असोज १ गते देखी  आइतबार सम्म करीब  १७ लाख मानिसहरुले  काठमाडौं छोडेका छन् । गएको वर्षमा दसैंका लागि १६ लाख मानिसहरुले  काठमाडौं छोडेका थिए ।  

 गत वर्ष कोरोना महामारिको प्रभाव रहेका कारण पनी थोरै मानिसले काठमाडौं छोडेका थिए । यसपटकको दसैंमा १८ लाखको हाराहारी  काठमाडौं छोड्ने अनुमान गरिएको छ । दसैं लक्षीत  काठमाडौंबाट असोज १० गते यता अधिक संख्यामा मानिसहरुले काठमाडौं छोडेका छन् । असोज १० गते ६०८४१ जनाले काठमाडौं छोडेका छन् । ११ गते ६२४६२ जनाले  काठमाडौं छोडेका छन् । १२ गते ७१७६३ जनाले काठमाडौं टोडेका छन् । १३ गते ७४३६२ जनाले  काठमाडौं छोडेका छन् । १४ गते १०२६७ जनाले काठमाडौं छोडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दसैंका घर जानेहरुको भिड हुनेभएकाले यात्रुहरुलाई सिट पाउन सहज छैन् । यस्तै  यात्रुहरुसँग तोकेको भाडा भन्दा धेरै भाडा लिनेहरु कारबाहिमा परेका छन् ।  यात्रुहरुसँग धेरै भाडा लिने ५४ जनालाई नियन्त्रणमा लिइएको हो ।   

२०७९ असोज १७ १०:०५ बजे

प्रतिक्रिया