दसैँमा मासु र चिल्लोमा बनेका परिकार खानु कतिको फाइदाजनक छ जानिराखौँ

दसैँ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १६ १६:०१ बजे
दसैँमा मासु र चिल्लोमा बनेका परिकार खानु कतिको फाइदाजनक छ जानिराखौँ

काठमाडौं । दसैँ नेपालीहरू लगायत हिन्दुहरूको महान चाड हो । दसैं आफन्तजनसँग भेटघाट, रमाइलो, मिठो मसिनो खाना खाने र आर्शिवाद लिने गरि मनाइन्छ । दसैंमा पिङ खेल्ने र जमरा लगाउने मूल रिती हो । दसैँमा सबैभन्दा बढी राजसिक खाना प्रयोग गरिन्छ । राजसिक खानामा मासुको प्रयोग गरिने परम्परा छ ।

बजारमा राम्रो देखेर मिठाई खाने चलन पनि रहेको छ ।  बजारमा एउटै तेलमा बारम्बार पकाएको परिकार हुन्छ । डल्ला र वनस्पतिको घिउको प्रयोग गरिएको हुन्छ । खानासम्बन्धी विषय व्यक्तिको जीवन मरणसँग जोडिएको हुनाले यसबारेमा अनुमान र सुनेका भरमा गरिने प्रचार खतरनाक हुन्छ। 

 दसैँ भन्ने बित्तीकै कतिलाई मासु  पहिला आउँछ तर हामिले जानिराख्नु आवश्यक छ की मासु खानु कतिको फाइदा जनक छ । मासु त्यस बेला हानिकारक बन्छ, जब सही किसिमको मासु छनोट गर्न सकिँदैन ।  सही ढंगले भण्डारण गर्न सकिँदैन ।  सही ढंगले पकाउन जानिदैन। सही ढंगले खान जानिदैन । यदि सही ढंगले, सही मात्रामा मासु सेवन गर्ने हो भने त्यसले हानी होइन । फाइदा गर्छ ।

विशेष गरी शरीरमा सजिलै सोसिन सक्ने उच्च गुणस्तरको प्रोटिन, केही भिटामिन तथा खनिजका लागि मासु  खानस पनि आवश्यक रहेको छ । मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानी पाइन्छ । उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी  फाइदा जनक हुन्छ । रातो मासु भन्दा सेतो मासु स्वास्थ्यका हिसाबले बढी  फाइदाजनक रहेको छ । हामिले मासु खाँदा मासु  शुद्ध हो कि होइन भनेर जान्नु पर्दछ । पशु वधशाला तथा मासु जाँच ऐन २०५५ मा मासु पसल सञ्चालन गर्दा काट्ने ठाउँमा टायल हुनुपर्ने, काटेको मासु फ्रिजमा राख्नुपर्ने, स्थानीय निकायको इजाजत लिएर मात्र मासु बेच्नुपर्ने र वधशालामा बाहेक अन्य स्थानमा पशुवध गर्न नहुने व्यवस्था छ ।

तुलनात्मकरूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु स्वास्थ्यका लागि बढी फाइदा जनक रहेको छ । सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो  हुन्छ । 

हामीमा पूर्ण शाकाहारी भोजनका कारण भिटामिन बी १२ लगायतका भिटामिन, मिनरलजस्ता कतिपय पोषक तत्त्वको कमी हुन सक्छ । केही अनुसन्धानले पूर्ण शाकाहारीमा डिप्रेसनको सम्भावना बढी हुने दाबी गरेका छन् ।उता मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने, रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने, रातो मासु र प्रशोधित मासु धेरै खाँदा क्यान्सरसम्म हुन सक्ने पनि औंल्याइएको छ ।

चिल्लो खाना

दसैँमा खाइने अर्को खाना भनेको चिल्लामा बनेका परिकारहरु हुन । त्यसैले हामिलाई यो थाहा पाँउन जरुरि हुन्छ की चिल्लो कति खाने र यसले के असर गर्छ  ।अमेरिकामा भएको एक अध्ययनका अनुसार चिल्लो पदार्थयुक्त खानाले मानिसको सर्तकता क्षमतालाई प्रभावित पार्ने देखाएको छ ।

यसले मानिसमा थकान पैदा गर्ने कुरा उक्त अध्ययनले खुलासा गरेको छ ।  यस नतिजाले चिल्लो पदार्थयुक्त भोजन तथा खानाले मानिसहरुलाई बढी मात्रामा निन्द्रा लाग्ने, मन्द बनाउने विभिन्न असरहरुबारे खुलस्त गरेको छ ।

कार्बोहाइड्रेटयुक्त भोजनले मानिसमा सतर्कता बढाउने तथा प्रोटिनले मानिसको सतर्कताप्रति कुनै सम्बन्ध नरहेको कुरा पनि यस अध्ययनले देखाएको छ । साइन्स डेली पत्रिकामा छापिएको यस अध्ययनका अनुसार मुख्य शोधकर्ता अलेक्जेडर्स वगोनटाज्सका अनुसार चिल्लो पदार्थयुक्त खानाले स्वस्थ तथा साधारण मानिसको सतर्कता तथा चलाख क्षमतामा एकदमै खराब असर गर्ने गर्दछ ।

अहिलेको आधुनिक विश्वमा अनिद्रा तथा थकान समान्य भइसकेको छ । यसले ठूलो असर गर्न सक्ने र यस्ता समस्याहरु वृद्धि भइरहेको पनि शोधकर्ता बताउँछन् । उच्च चिल्लो पदार्थ पाइने भोजनले सतर्कता क्षमतामा एकदमै कम गर्ने र काम गर्ने क्षमता र योग्यतालाई पनि प्रभाव पार्ने गर्दछ ।

हाम्रो शरीरका हाड सञ्चालन गर्न चिल्लो चाहिन्छ। चिल्लो वनस्पति र जीवजन्तुबाट पाइन्छ। शरीरमा चिल्लो पाचन भएपछि फ्याटी एसिडमा परिवर्तन हुन्छ। आवश्यकताभन्दा बढी चिल्लो खानु हुँदैन नभए शरीरको तौल, रगतमा कोलस्टेरोल र रक्तचाप बढ्ने हुन्छ। 

२०७९ असोज १६ १६:०१ बजे

प्रतिक्रिया