काठमाडौं छाड्नेको भीड कायमै

दैनिक हजारौँको संख्यामा मानिसहरूले काठमाडौं उपत्यका छोडिरहेका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १६ १४:५० बजे
घर जानेहरुको लर्को

काठमाडौं । आज पनि काठमाडौं आफ्नो घर जानेहरुको लर्को  रहेका छ । आज दशैको फुलपातिको दिन रहेको छ ।  आज फुल पातिको दिन पनि यात्रुहरु भरीभराउ भएर आफ्नो गाँउ गईरहेका छन् ।

काठमाडौंमा विभिन्न नाकाहरुमा गाँउ जानेहरुको लर्को लागेको छ ।  काठमाडौंको  थानकोट र कोटेश्वरमा बिहानैदेखि यात्रुहरूको अत्याधिक भीड लागेको छ । सार्वजनिक यातायात र नीजि सवारी साधनहरूको उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् । सवारी साधनभित्र यात्रुहरू भरिभराउ देखिन्छन् भने सडकमा सवारी साधनलाई कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ । 

दैनिक हजारौँको संख्यामा मानिसहरूले काठमाडौं उपत्यका छोडिरहेका छन् । अघिल्ला वर्षहरूको तुलनामा यसवर्ष उपत्यका छाड्नेहरूको संख्या बढेको छ । कतिपय यात्रुहरुको टिकट र गाडि नपाएको गुनासो रहेका छन् । कणौली प्रदेशको हुम्लाको लागि छुटेका यात्रुहरु भने नेपालगञ्जमा नै अलपत्रमा परेका छन् ।  यात्रुहरु उडान नहुँदा अलपत्रामा परेका हुन्  । 

२०७९ असोज १६ १४:५० बजे

प्रतिक्रिया