उडान नहुँदा हुम्ला जाने यात्रुहरु नेपालगञ्जमै अलपत्र

हुम्लाका लागि कसैले पनि टिकट पाएका छैनन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १६ १४:२८ बजे
अलपत्र

 काठमाडौं । हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुहरु  नेपालगञ्जमा अलपत्र परेका छन् । विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान नसकेर यात्रुहरु अलपत्र परेका हुन् ।

हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइयात्रा रहेकाले निजी कम्पनीले काठमाडौँमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै अलपत्रमा परेका हुन् । हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज  रहेको छ ।

हुम्लाका लागि कसैले पनि टिकट पाएका छैनन् ।  विमान कम्पनीका कर्मचारी टिकट पहिलानै प्याक भइसकेको जवाफ दिँदै आएको यात्रुहरुको गुनासो रहेको छ।  

२०७९ असोज १६ १४:२८ बजे

प्रतिक्रिया